गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ « Khabarhub

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको ज्यान जाने गरि भएको जेनजी प्रदर्शनकारीमाथिको दमनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

उनले युवा पुस्ता (जेन–जी)ले गरेको शान्तिपूर्ण आन्दोलनमा भएको हिंसात्मक गतिविधिलाई दुःखद र अस्वाभाविक भन्दै सरकारबाट भएको चरम दमनको निन्दा गरेका छन्।

‘सरकारको असंवेदनशीलताका कारण अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदयविदारक घटनाले स्तब्ध बनाएको छ,’ थापाले भने। उनले आन्दोलन नियन्त्रणको नाममा गरिएको बल प्रयोग र आक्रमण अक्षम्य रहेको बताएका छन्। थापाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु सकारात्मक भए पनि केवल त्यतिले मात्र नपुग्ने बताएका छन् ।

यस घटनामा प्रधानमन्त्री ओलीले नैतिक र राजनीतिक दुवै जिम्मेवारी लिनुपर्ने थापाले बताए। युवाले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मागलाई सम्बोधन गर्न संविधान संशोधनदेखि ऐन–कानुनको परिमार्जन आवश्यकता पनि थापाले देखेका छन् ।

उनले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने सुझाव दिए।थापाले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारमा धक्का पुग्ने गरी लगाइएको सामाजिक सञ्जाल प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन्।

सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने नाममा जारी गरिएको निर्देशिका संविधान र कानुनसम्मत नभएको पनि उनले बताएका छन्। महामन्त्री थापाले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकार सुशासन दिन असफल भएको भन्दै गठबन्धन सरकार रहिराख्नुको आवश्यकता नभएको टिप्पणी गरे। उनले यसबारे नेपाली कांग्रेसले गम्भीर पुनर्विचार गर्नुपर्ने धारणा राखे।

यस्ताे छ विज्ञप्ती

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : ४४ बजे

काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी 

काठमाडौं– काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

काठमाडौं- २२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते

११औँ महाधिवेशनपछि एमाले सचिवालयको पहिलो बैठक (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनपछि पार्टी सचिवालयको पहिलो बैठक सुरु

रवि–बालेन एकतापछि हर्क साम्पाङ आक्रोशित, बिहानदेखि मध्यदिनसम्म लेखिसके दर्जनबढी फेसबुक स्टाटस

काठमाडौं- परम्परागत ठूला राजनीतिक दललाई चुनौती दिने गरी राष्ट्रिय स्वतन्त्र

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला