आज २०८२ साल असोज २२ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असोज २२ गते बुधबारको राशिफल


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २२ गते बुधबार । कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ अक्टोबर ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। पुराना इच्छा र संकल्प पूरा हुनेछन्। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। विपक्षी साथीबाटसमेत काम लिनसक्ने सम्भावना देखिन्छ।

मिथुन : दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।

कर्कट : दिन राम्रो छ। तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा प्रगति हुनेछ। आज लामो यात्रा नगर्नु उचित हुन्छ। स्वदेशमा रोजगारीको विकल्प देखेर मन रमाउने छ।

सिंह : दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भने प्रगति हुनेछ। विज्ञको सुझाव अनुसार मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। आफन्तको चरित्रले मन उदास हुनेछ। स्वास्थ्यमा भने सुधारको योग छ। राजनीतिमा तपाईंको योगदानको आवश्यकता महसुस हुँदै जानेछ।

तुला : दिन राम्रो छ। परिवारमा घुलमिल हुने दिन छ। तपाईंको प्रस्ताव राजनीतिक क्षेत्रमा पारित हुनेछ। बौद्धिक र प्राविधिक क्षेत्रको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। मानिसले तपाईंको कुरा काट्ने खतरा देखिन्छ। राजनीतिक क्षेत्रमा भने तपाईंको प्रयास सफल बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। छिमेकीको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रा अनावश्यक हुने जोखिम छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट व्यापारमा अम्दानी बढ्नेछ। दाम्पत्य जीनव सफल बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विभिन्न आरोप लाग्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। हरेक काममा परिवारको साथ लिनु उचित हुन्छ।

मीन : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने देखिन्छ। अप्ठेरो काम बन्दै जानेछन्। शिक्षामा थप मिहिनेत गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। परिवारमा शंका गर्ने बानीले आफैलाई घाटा गर्नेछ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : ०७ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न