सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान : सबैभन्दा बढी क्षति मेची राजमार्गमा « Khabarhub

सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान : सबैभन्दा बढी क्षति मेची राजमार्गमा

कुलमानको उच्च प्राथमिकतामा अवरुद्ध सडक सञ्चालन


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाढी र पहिरोले भौतिक पूर्वाधार र सडकमा ठुलो क्षति गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अवरुद्ध सडक सञ्चालनलाई उच्च प्राथमिकता दिएका छन् । असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्‍बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्ष क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।

मन्त्री घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताएका छन् ।

अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको मन्त्रालयकातर्फबाट निममित अनुगमन भइरहेको मन्त्री घिसिङले बताएका छन् ।

मनसुनको प्रकोपले सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ०७ बजे

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको