भीरकोट उद्योग वाणिज्य संघको कर नतिर्ने घोषणा « Khabarhub

भीरकोट उद्योग वाणिज्य संघको कर नतिर्ने घोषणा


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि जनाउँदै यो कठोर कदम चालेको हो ।

संघका अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीवारदेखि एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल राखेर मेला आयोजना गर्न लागेको र यसले स्थानीय व्यापारीहरूलाई निरुत्साहित गर्ने र थप पीडा दिने भन्दै संघले विरोध जनाएको हो ।

भीरकोट उद्योग वाणिज्य संघले आफूहरूले राज्य पुनर्संरचना पछि व्यापारिक हकहितका लागि स्थापना कालदेखि नै नगरपालिकालाई रचनात्मक कार्यमा सहयोग गर्दै आएको स्मरण गराएको छ ।

संघले यसअघि दुईवटा भीरकोट महोत्सव सफलतापूर्वक सम्पन्न गरी भीरकोट, स्याङ्जा जिल्ला र समग्र गण्डकी प्रदेशको पहिचान, चिनारी, र कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

‘हाल देशको विषम परिस्थिति र आर्थिक शिथिलताका बाबजुद स्थानीय सरकारलाई पटकपटक लिखित तथा मौखिक अनुरोध गर्दागर्दै, सीमित राजनैतिक दादागिरीको आडमा स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिइयो,’ विज्ञप्तिमा भनिएको छ ।

गत १८ गते बसेको संघको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अर्यालले बताए । उनले भने,  ‘हामीले निर्णयमार्फत संघमा आबद्ध सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायीहरू र भीरकोटवासीलाई समेत स्थानीय सरकारलाई कुनै पनि प्रकारका कर नतिर्न आह्वान गरेका छौँ।’

संघले सो ज्ञापनपत्रको बोधार्थ नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला समन्वय समिति स्याङ्जालाई समेत पठाएको जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ११ : २२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट