भीरकोट उद्योग वाणिज्य संघको कर नतिर्ने घोषणा | Khabarhub Khabarhub

भीरकोट उद्योग वाणिज्य संघको कर नतिर्ने घोषणा


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि जनाउँदै यो कठोर कदम चालेको हो ।

संघका अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीवारदेखि एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल राखेर मेला आयोजना गर्न लागेको र यसले स्थानीय व्यापारीहरूलाई निरुत्साहित गर्ने र थप पीडा दिने भन्दै संघले विरोध जनाएको हो ।

भीरकोट उद्योग वाणिज्य संघले आफूहरूले राज्य पुनर्संरचना पछि व्यापारिक हकहितका लागि स्थापना कालदेखि नै नगरपालिकालाई रचनात्मक कार्यमा सहयोग गर्दै आएको स्मरण गराएको छ ।

संघले यसअघि दुईवटा भीरकोट महोत्सव सफलतापूर्वक सम्पन्न गरी भीरकोट, स्याङ्जा जिल्ला र समग्र गण्डकी प्रदेशको पहिचान, चिनारी, र कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

‘हाल देशको विषम परिस्थिति र आर्थिक शिथिलताका बाबजुद स्थानीय सरकारलाई पटकपटक लिखित तथा मौखिक अनुरोध गर्दागर्दै, सीमित राजनैतिक दादागिरीको आडमा स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिइयो,’ विज्ञप्तिमा भनिएको छ ।

गत १८ गते बसेको संघको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अर्यालले बताए । उनले भने,  ‘हामीले निर्णयमार्फत संघमा आबद्ध सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायीहरू र भीरकोटवासीलाई समेत स्थानीय सरकारलाई कुनै पनि प्रकारका कर नतिर्न आह्वान गरेका छौँ।’

संघले सो ज्ञापनपत्रको बोधार्थ नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला समन्वय समिति स्याङ्जालाई समेत पठाएको जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ११ : २२ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’