गाईपालनबाट मनग्य आम्दानी, बस्याल भन्छन्- व्यवसाय राम्रै छ « Khabarhub

गाईपालनबाट मनग्य आम्दानी, बस्याल भन्छन्- व्यवसाय राम्रै छ


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वालिङ– गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रूपमा गाईपालन गरेको छ वर्ष भयो ।  छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थालेका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्  । 

सुरुमा ५० लाख रुपैयाँ लगानी गरी व्यवसाय थालेका बस्यालले फार्मलाई विस्तार गर्दै लगेका छन् । उनले सुरुमा ५० लाख रुपैयाँको लगानीमा केही संरचनासहित गाई र भैँसी गरी २० वटाबाट थालेको व्यवसायलाई बर्सेनि विस्तार गर्दै लगेका हुन्  । 

‘भैँसी र होलिस्टिन गरी २० वटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनि विस्तार गर्दै लगेको छु’, उनले भने, ‘हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झण्डै डेढ करोड रुपैयाँ लगानी भएको छ ।’

फार्मबाट भएको आम्दानीलाई बर्सेनि लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उनले बताए । अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने छन् । आफ्नै जग्गामा फार्म सञ्चालन गरेका बस्यालले झण्डै १०० रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाएका छन् ।

‘फार्मबाट अहिले दैनिक २५० देखि ३०० लिटर दूध बिक्री हुने गरेको छ’, उनले भने, ‘फामबाट प्रतिलिटर ६५ देखि ७० रुपैयाँका दरले दूध बिक्री भइरहेको छ ।’ 

बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आएका छन् । फामबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले १५ रुपैयाँ थप अनुदान उपलब्ध गराउने भएकाले पनि सहजरुपमा मूल्य प्राप्त भएको उनले बताए ।

‘यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन’, उनले भने, ‘उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसबाट १५ रुपैयाँका दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ ।’ फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उनी हुन् ।

‘केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ’, उनले भने, ‘काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु, व्यवसाय राम्रै छ ।’ 

फार्मसम्म विद्युत्को तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उनले बताए । मेसिन ल्याएर राखिएको तर पावरको कमीका कारण मेसिन सञ्चालनमा समस्या रहेको उनले बताए । रासस
  

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १२ : २३ बजे

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको