प्रदीप भट्टराईलाई प्रश्न : किन ‘हरिबहादुरको जुत्ता’ निर्देशन गर्नुभएन ? « Khabarhub

प्रदीप भट्टराईलाई प्रश्न : किन ‘हरिबहादुरको जुत्ता’ निर्देशन गर्नुभएन ?


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘हरिबहादुरको जुत्ता’ दोस्रो सातामा प्रदर्शनरत छ । यो फिल्म हरिवंश आचार्यको चर्चित पात्र ‘हरिबहादुर’लाई शीर्ष भूमिकामा लिएर बनाइएको हो ।

टेलिसिरियल ‘मदनबहादुर हरिबहादुर’ प्रमुख पात्र हो– ‘हरिबहादुर’ । यस सिरियलका सहायक निर्देशक प्रदीप भट्टराई हुन् । प्रदीपले सहायक निर्देशकका रुपमा मह जोडीसँग डेढ दशक लामो सहकार्य गरेका छन् ।

अहिले प्रदीप आफैँ फिल्म लेखन र निर्देशनमा व्यस्त छन् । उनी सफल निर्देशकका रुपमा चिनिन्छन् ।

सुरुमा ‘हरिबहादुरको जुत्ता’ बन्ने चर्चा हुँदा यस फिल्मको निर्देशन पनि प्रदीपले नै गर्छन् भन्ने सुनिएको थियो । तर, पछि यस फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरे ।

अर्थात्, आइकोनिक क्यारेक्टर ‘हरिबहादुर’लाई फिल्ममा डेब्यू गराउने अवसर दीपेन्द्रले पाए ।

निर्माण पक्षले मंगलबार सुन्धाराको एक हलमा आयोजना गरेको विशेष शोमा प्रदीपले ‘हरिबहादुरको जुत्ता’ हेरेका थिए । फिल्म हरेपछि प्रदीपलाई ‘हरिबहादुरको जुत्ता’ निर्देशन नगर्नुको कारणबारे सोधिएको थियो ।

प्रदीपले यसबारेमा कुटनीतिक जवाफ दिए । उनले भने, ‘म हरि दाइ र मदन दाइ जोडिएको काममा सहभागी नहुने कुरै भएन । यो फिल्ममा तपाईंहरुले मात्र नदेख्नु भएको हो । मैले फिल्ममा आफूलाई धेरै ठाउँ पाएँ ।’

‘आफैँ निर्देशकको जिम्मेवारीमा भएको सिरियलको आइकोनिक पात्रलाई किन फिल्ममा डेब्यू गराउनु भएन ?’ भन्ने प्रश्नमा प्रदीपले झट्टै जवाफ दिएनन् ।

एकछिन् हाँसे र भने, ‘हैन काम गर्दै जाँदा सबै कुरा सम्भव नहुने रहेछ ।’ प्रदीपले आफूलाई निर्देशनको प्रस्ताव आएको कुरालाई भने अस्वीकार गरेनन् ।

यस फिल्मका लेखक हरिवंशले सुरुमा प्रदीपलाई निर्देशन गर्न प्रस्ताव लगेको चर्चा छ । प्रदीपले अस्वीकार गरेपछि भने अन्य बिकल्प खोजिएको बुझिन्छ ।

फिल्मबारे प्रदीपले सकारात्मक प्रतिक्रिया दिए । भने, ‘फिल्म राम्रो बनेको छ । जसले बनाए पनि राम्रो बनाउन प्रयास गर्ने त हो नि ।’

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : २७ बजे

मेलुङमा वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव

बंगलादेशी फिल्म ‘शार्क’को पोस्टरमा यस्तो देखिए प्रमोद अग्रहरी

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार