युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब « Khabarhub

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै आएको छ । अगस्टको सुरुदेखि मात्रै ३० भन्दा बढी आक्रमण । आक्रमणको उद्देश्य मस्कोको युद्ध वित्तपोषण क्षमतालाई कमजोर पार्नु रहेको छ ।

रुस विश्वको तेस्रो ठूलो तेल उत्पादक र दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता हो । अक्सफोर्ड इन्स्टिच्युट फर एनर्जी स्टडिजका अनुसार सन् २०२४ मा तेल र ग्यासबाट प्राप्त आम्दानीले रुसको कुल बजेटको करिब ३० प्रतिशत हिस्सा ओगटेको थियो ।

ऊर्जा अनुसन्धान समूह क्ललरका विश्लेषक होमायुन फालक्षाहीका अनुसार किएभको आक्रमण अहिले ‘धेरै प्रभावकारी’ देखिएको छ, जसले रूसी रिफाइनरी उत्पादन दर करिब १० प्रतिशतले घटाएको छ ।

अभावको जोखिम देखिँदै मस्कोले पेट्रोलियम उत्पादनहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ र पेट्रोल निर्यातमाथिको रोकथाम विस्तार गरेको छ । रुसको रिफाइनरी उत्पादन सेप्टेम्बरको मध्यसम्म दैनिक ४९ लाख ब्यारेलमा झरेको छ । ऊर्जा विश्लेषक जानिव शाहका अनुसार यो सन् २०२५ को पहिलो छ महिनाको तुलनामा करिब चार लाख ब्यारेल कम हो ।

यसले रूसी कच्चा तेल र परिष्कृत उत्पादनहरूको मूल्यबीचको अन्तरलाई उल्लेखनीय रूपमा बढाएको छ । पम्पमा पेट्रोलको मूल्यमा परेको असर रूसी उपभोक्ताले पहिले नै महसुस गरिरहेका छन् । रोसस्टाटका तथ्याङ्कअनुसार सेप्टेम्बर १ सम्म खुद्रा पेट्रोलको मूल्य सन् २०२४ को अन्त्यको तुलनामा ६।७ प्रतिशतले बढिसकेको छ । यद्यपि सोही अवधिमा कच्चा तेलको मूल्य घटेको थियो ।

क्षतिग्रस्त तेल पूर्वाधारहरू पुनः सञ्चालनमा ल्याउन ‘लामो समय’ लाग्ने सम्भावना रहेकाले विश्लेषक शाहका अनुसार दीर्घकालमा रुसको स्थिति झनै बिग्रन सक्छ ।

तेलको विश्वव्यापी मूल्य घट्दै गएको र बजारले आगामी महिनाहरूमा आपूर्ति प्रचुर मात्रामा हुने अपेक्षा गरेको समयमा यस्तो भइरहको छ ।

एसईबी बैंकका विश्लेषक बार्ने सिल्ड्रपले भने, ‘युक्रेनले रूसी रिफाइनरीहरूमा आक्रमण क्षमतामा सुधार गर्दै जाँदा स्थिति अझ गम्भीर बन्दै जाने सम्भावना छ ।’ साथै उनले रूसी तेल निर्यात बन्द र घरेलु रेशनिङ (प्रत्येक व्यक्तिलाई निश्चित मात्रामा (वस्तु) मात्र राख्न दिइने अनुमति) को सुरुआत हुन सक्ने पनि चेतावनी दिए।

अमेरिकाका लागि युक्रेनका दूत किथ केलगले युक्रेनले अमेरिकी हतियार प्रयोग गरेर रुसमाथि लामो दूरीका आक्रमण गर्न सक्ने संकेत दिएका छन्।

रुसले केही तेल निर्यात पुनःमार्ग निर्धारण गर्न खोजे पनि यसले कठिन लजिस्टिक समस्या भोगिरहेको छ । साथै, यसको कच्चा तेल खरिद गर्न इच्छुक देशहरूको सङ्ख्या सीमित हुँदै गएको छ ।

सरे क्लिन एनर्जी कन्सल्टेन्सीका निर्देशक आदि इमसिरोभिकका अनुसार मस्कोमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अहिलेसम्म अपेक्षित प्रभाव पार्न सकेका छैनन् ।

यसैबीच, वासिङ्टनले भारतका केही उत्पादनमा भन्सार शुल्क दोब्बर बनाउँदा पनि भारतको रूसी तेल खरिदमा खासै कमी आएको छैन । अर्कोतर्फ, पश्चिमी तेल कम्पनीहरू फिर्ता भएपछि रुसमा ऊर्जा पूर्वाधारमा लगानी घट्दै गएको छ, जसले निकट भविष्यमा उत्पादन क्षमतामा बाधा पुर्‍याउने देखिन्छ ।

फालशााहीका अनुसार हाल रुसले दैनिक करिब ९२ लाख ५० हजार मिलियन ब्यारेल तेल उत्पादन गरिरहेको छ । यो युद्धअघि रहेको लगभग एक करोड ब्यारेल प्रतिदिन (एमबिपिडी) को तुलनामा कम हो । हाल यसको अधिकतम उत्पादन क्षमता ९४ लाख ५० हजार एमबिपिडीमा सीमित छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : २२ बजे

ड्रोनबाट यस्तो देखियो टियू मैदानमा नेपाल र युएइबीचको खेल (तस्बिरहरू)

काठमाडौं– नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिजअन्तर्गत आज

राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष

काठमाडौं– पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित

काठमाडौं– मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित