रोशी खोलाले बिपी राजमार्ग बगाएपछि पैदलयात्रा गर्नसमेत कठिनाइ « Khabarhub

रोशी खोलाले बिपी राजमार्ग बगाएपछि पैदलयात्रा गर्नसमेत कठिनाइ


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालैको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गका केही ठाउँमा पैदल यात्रा गर्न समेत कठिन भएको छ ।  

बाढीपहिरोले सडक बगाउँदा यातायात सञ्चालन अवरुद्ध भएपछि पैदल यात्रा गरी गन्तव्यतर्फ प्रस्थान गर्ने यात्रुहरूलाई कठिनाइ भएको हो ।

बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आवतजावत गर्न कठिनाइ भएपछि सशस्त्र प्रहरी बलले पैदल यात्राका लागि अस्थायी पैदल ट्रयाक बनाएको छ । 

चाडपर्व मनाएर चौकीडाँडा हुँदै काठमाडौं फर्किने यात्रुहरूलाई सशस्त्र प्रहरी बल, १५ नंवर गणको मनसुनजन्य विपद् उद्धारका लागि अस्थायी बेशमा खटिएका सशस्त्र प्रहरीले सहजीकरण समेत गरिरहेका छन् ।

बिपी राजमार्ग धुलिखेलदेखि चौकीडाँडासम्म यातायातका साधन सञ्चालन भए पनि त्यसयता सडक पूर्ण रूपमा अवरुद्ध छ । बढीपहिरोले बिपी राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो । केही स्थानमा भए सडक निर्माणको कार्य सुरु गरिएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ३२ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने