चौधरी ग्रुपले जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने « Khabarhub

चौधरी ग्रुपले जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपले जेन-जी आन्दोलनको क्रममा सहिद भएका परिवारका सदस्यलाई रोजगारी दिने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी प्रदान गर्ने बताएका हुन् ।

उनले आन्दोलनको क्रममा चौधरी ग्रुपमाथि ठूलो क्षति भएपनि सहिद परिवारप्रति उच्च सम्मान गर्दै सो प्रतिबद्धता व्यक्त गरेको जनाएका छन् ।

‘उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, सोरुम र कारखानाहरूमा ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनः निर्माणको यात्रामा अघि बढेका छौं’ चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ ।’

उनले सो कुरा बाचा मात्रै नभएर गहिरो कर्तव्य र श्रद्धा भएको समेत बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ४८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि