चौधरी ग्रुपले जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने « Khabarhub

चौधरी ग्रुपले जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपले जेन-जी आन्दोलनको क्रममा सहिद भएका परिवारका सदस्यलाई रोजगारी दिने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी प्रदान गर्ने बताएका हुन् ।

उनले आन्दोलनको क्रममा चौधरी ग्रुपमाथि ठूलो क्षति भएपनि सहिद परिवारप्रति उच्च सम्मान गर्दै सो प्रतिबद्धता व्यक्त गरेको जनाएका छन् ।

‘उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, सोरुम र कारखानाहरूमा ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनः निर्माणको यात्रामा अघि बढेका छौं’ चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ ।’

उनले सो कुरा बाचा मात्रै नभएर गहिरो कर्तव्य र श्रद्धा भएको समेत बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ४८ बजे

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई

रुकुमपूर्वको पर्यटकीयस्थल मैकोटमा प्रचण्डको मर्निङवाकसँगै भेटघाट

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज