कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने « Khabarhub

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन ८ गते शुक्रबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आगामी शुक्रबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्ने तय भएको हो।

पार्टीभित्रको पछिल्लो आन्तरिक परिस्थिति, अनुशासन सम्बन्धी प्राप्त उजुरी र संगठनको सुदृढीकरणका विषयमा छलफल गर्न यो बैठक बोलाइएको बुझिएको छ।

विशेषगरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अनुशासन समितिको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

केही समयअघि मात्रै पार्टीले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति पुनर्गठन गरेको थियो, जसमा धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य रहेका छन्।

बैठकमा समितिका पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि पार्टी कार्यालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ। निर्वाचन नजिकिँदै गर्दा पार्टी विरोधी गतिविधि र अनुशासन उल्लंघनका घटनामाथि यस बैठकले कठोर निर्णय लिन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १० : ३७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष