कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने « Khabarhub

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन ८ गते शुक्रबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आगामी शुक्रबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्ने तय भएको हो।

पार्टीभित्रको पछिल्लो आन्तरिक परिस्थिति, अनुशासन सम्बन्धी प्राप्त उजुरी र संगठनको सुदृढीकरणका विषयमा छलफल गर्न यो बैठक बोलाइएको बुझिएको छ।

विशेषगरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अनुशासन समितिको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

केही समयअघि मात्रै पार्टीले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति पुनर्गठन गरेको थियो, जसमा धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य रहेका छन्।

बैठकमा समितिका पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि पार्टी कार्यालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ। निर्वाचन नजिकिँदै गर्दा पार्टी विरोधी गतिविधि र अनुशासन उल्लंघनका घटनामाथि यस बैठकले कठोर निर्णय लिन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १० : ३७ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो