अमेरिकी र्‍यापर ‘डीडी’ कम्ब्सलाई जेल सजाय « Khabarhub

अमेरिकी र्‍यापर ‘डीडी’ कम्ब्सलाई जेल सजाय


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूयोर्कस्थित संघीय अदालतले अमेरिकी प्रसिद्ध र्‍यापर शन ‘डीडी’ कम्ब्सलाई महिला उत्पीडन, यौन दुर्व्यवहारको आरोपमा ४ वर्ष २ महिनाको जेल सजाय सुनाएको छ। अदालतले उनलाई ५०,००० अमेरिकी डलर जरिवाना तिर्न पनि आदेश दिएको छ।

यो फैसला अक्टोबर ३ मा अमेरिकी जिल्ला न्यायाधीश अरुण सुब्रमण्यमले सुनाएका हुन्। फैसलामा कम्ब्सलाई यातना, हिंसा, यौन दुर्व्यवहार र सनकी पार्टी आयोजना गरी महिलालाई शोषण गरेको अभियोगमा दोषी ठहर गरियो। तर, उनी मानव बेचबिखनको मुख्य अभियोगबाट भने निर्दोष ठहरिए।

फैसला सुनाउँदै न्यायाधीशले भने, ‘तिमीले पीडितलाई शारीरिक, भावनात्मक र मानसिक रूपमा दुर्व्यवहार गर्यौं। महिला विरुद्ध हुने शोषण र हिंसाका लागि समाजले जवाफदेहिता माग्छ, र आजको फैसला त्यसकै सन्देश हो।’

सुनुवाइका क्रममा ५४ वर्षीय कम्ब्स अदालतमा रुँदै दयाको याचना गर्दै आमा र बच्चासँग माफी मागेका थिए। अदालतले भने पीडितलाई न्याय दिलाउन कडा सजाय जरुरी भएको बतायो।

कम्ब्समाथि मुद्दा उनकी पूर्व प्रेमिका गायिका क्यासी भेन्चुरा र एक अज्ञात पीडित महिलाले दायर गरेका थिए। उनीहरूले कम्ब्सलाई ठगी, यौन बेचबिखनमा संलग्नता, र वेश्यावृत्तिका लागि महिला ओसारपसार गरेको आरोप लगाएका थिए।

यो मुद्दाले अमेरिकी मनोरञ्जन क्षेत्र र समाजमा महिला विरुद्ध हुने शोषण र हिंसाप्रति पुनः बहस सुरु गराएको छ। कानुनविद्हरूले यस फैसलालाई पीडितका लागि न्याय र अन्यलाई चेतावनी दुवै भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ०३ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट