नेप्सेको लगातार ओरालो यात्रा, बुधबार ४५ अंकले घट्यो « Khabarhub

नेप्सेको लगातार ओरालो यात्रा, बुधबार ४५ अंकले घट्यो


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं बिदापछि मंगलबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दिन ५८.५५ अंकले घटेको थियो भने बुधबार पनि ठूलो गिरावट आएको छ । 

बुधबार नेप्सेमा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँको कारोबार हुँदा ४५.३६ अंकले घटेर २५५९.५९ अंकमा आइपुगेको हो ।

बुधबार नेप्सेमा कारोबार भएकामध्ये २३२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आजको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु इन्स्योरेन्सको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचक घटेसँगै बुधबार सबै उपसमूहको सूचक पनि नकारात्मक रह्यो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ११ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै