नेप्सेको लगातार ओरालो यात्रा, बुधबार ४५ अंकले घट्यो « Khabarhub

नेप्सेको लगातार ओरालो यात्रा, बुधबार ४५ अंकले घट्यो


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं बिदापछि मंगलबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दिन ५८.५५ अंकले घटेको थियो भने बुधबार पनि ठूलो गिरावट आएको छ । 

बुधबार नेप्सेमा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँको कारोबार हुँदा ४५.३६ अंकले घटेर २५५९.५९ अंकमा आइपुगेको हो ।

बुधबार नेप्सेमा कारोबार भएकामध्ये २३२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आजको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु इन्स्योरेन्सको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचक घटेसँगै बुधबार सबै उपसमूहको सूचक पनि नकारात्मक रह्यो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ११ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज