पहिलो पटक ४ हजार डलर नाघ्यो सुन : लगानीकर्ताहरू सुरक्षित स्थानमा « Khabarhub

पहिलो पटक ४ हजार डलर नाघ्यो सुन : लगानीकर्ताहरू सुरक्षित स्थानमा


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सुरक्षित स्थानतर्फ लागेपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलो पटक चार हजार डलर पार गरेको छ ।

टेक कम्पनीहरूको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजारहरू अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको हो । वर्षभरि व्यापारीहरू विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भू–राजनीतिक तनावबीच सुनमा निर्भर रहँदै आएका छन् । परिणामस्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।

फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार चार हजार ३७ दशमलव १० डलरसम्म पुगेको छ । यससँगै चाँदी पनि आफ्नै रेकर्ड नजिक पुगेको छ ।

अमेरिकी सरकारका केही विभागहरू बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले विशेषतः रोजगारी सम्बन्धी प्रमुख आर्थिक तथ्याङ्कहरू स्थगित गरेको छ र अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ लाई ब्याजदरसम्बन्धी निर्णयमा अन्योलमा पारेको छ ।

नेसनल अस्ट्रेलिया बैंकका अर्थविश्लेषक टेलर न्युजेन्टले भने, “सुनको तीव्र वृद्धि एक्सचेन्ज–ट्रेडेड फन्डहरूको बढ्दो आगमन, चीनबाटको बलियो माग र विश्वका केन्द्रीय बैंकहरूको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चिततामा सुन सधैँ लाभमा रहन्छ ।”

त्यस्तै पेपरस्टोनका क्रिस वेस्टनले लेखेका छन् “विश्वका कोष र रिजर्भ प्रबन्धकहरूले वित्तीय अस्थिरता, मुद्रा अवमूल्यन र अनपेक्षित सरकारी नीतिबाट जोगिन हेज खोजिरहेका छन् — र सुन त्यसको केन्द्रमा छ ।”

यसबीच, एसियाली बजारहरूमा भने कमजोरी देखिएको छ । कृत्रिम बुद्धिमत्तामा ९एआई० लगानीबारे प्रश्नहरू उठेपछि धातु बजार बलियो रहे पनि इक्विटी बजारमा गिरावट आएको छ । एनभिडिया ४० खर्ब डलर मूल्यांकनमा शीर्ष स्थानमा रहे पनि ओरेकलको क्लाउड कम्प्युटिङ नाफा अपेक्षाभन्दा कमजोर रहँदा विश्व बजारमा असर पर्‍यो ।

एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, ‘पूर्णताका लागि मूल्यांकन भएको बजारमा नगद प्रवाहमा सानो ढिलाइ पनि ‘अन्तिम कल’ जस्तै लाग्छ । व्यापारीहरूले स्पष्टीकरणको प्रतिक्षा गरेनन्, उनीहरूले आफ्नो स्थिति घटाउन थाले । ओरेकलको परिणामले पार्टी समाप्त गरेन, तर निश्चित रूपमा मौन बनायो ।’

एसियाली बजारमा टेक कम्पनीहरूमा बिक्री बढ्यो । हङकङमा अलीबाबा र जेडीडटकम, ताइपेईमा टिएसएमसी र टोकियोमा रेनेसास तीव्र रूपमा घटे । हङकङ र ताइपेई बजार सबैभन्दा बढी प्रभावित भए भने सिड्नी, मुम्बई र सिङ्गापुरमा पनि गिरावट देखियो ।

टोकियोमा सत्तारूढ पार्टीको नेतामा व्यापार–मैत्री रूढीवादी साने ताकाइचीको विजयसँगै उकालो गएको बजार बुधबार केही कमजोर भयो । लगानीकर्ताहरू थप मौद्रिक सहजता र प्रोत्साहन योजनाको प्रतीक्षा गरिरहेका छन् ।

यसैबीच, लन्डन, पेरिस र फ्रेङ्कफर्टमा बजार स्थिर देखिए भने वेलिङ्टन, मनिला, बैंकक र जकार्तामा सन्तुलित कारोबार भइरहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ३७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा