कोशी अस्पतालमा ‘जेन-जी क्लिनिक’ सञ्चालन « Khabarhub

कोशी अस्पतालमा ‘जेन-जी क्लिनिक’ सञ्चालन


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– यहाँस्थित कोशी अस्पतालमा जेन-जी क्लिनिक सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ को जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो । 

संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले उक्त क्लिनिक सञ्चालनका ल्याएको अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा, रुणा झाले जानकारी दिइन् । उनले  क्लिनिकमा  जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाको लागि छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने समन्वयात्मक प्रणाली भएको बताए।  परिचयपत्र प्राप्त गरेका घाइते अस्पतालमा आएपछि उनीहरूलाई जेन-जी क्लिनिकमार्फत सेवा प्रदान गरिने जनाइएको छ ।

क्लिनिक सञ्चालनका लागि अस्पतालले पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा अर्थोपेडिक विभाग प्रमुख डा महेन्द्रप्रसाद महतो सहित मेडिसिन विभाग प्रमुख डा. सुनिलबाबु खनाल, सर्जिकल विभागका मेडिकल अधिकृत डा क्षितिज गिरी, अ.न.नि. तथा ओपिडी इन्चार्ज नविता शर्मा र सिअहेव अधिकृत (सम्पर्क व्यक्ति) कामेश्वर परिहस्त सदस्य सचिवका रूपमा रहेका छन् ।

उक्त समितिमार्फत अस्पतालमा आउने घाइते बिरामीहरूको छिटो उपचारका लागि समन्वय, व्यवस्थापन तथा आवश्यक सुविधा उपलब्ध गराउने काम गरिने अस्पतालले जनाएको छ । समितिले अस्पतालका विभिन्न विभागसँग मिलेर बिरामीहरूको उपचार प्रक्रिया सहज र छरितो बनाउन आवश्यक योजना तयार पार्नेछ ।

मेसु डा झाले भने,’यो हाम्रो नियमित अस्पताल सेवामा जोडिएको एउटा समन्वयात्मक प्रणाली हो, जसले जेन-जी आन्दोलनका घाइतेहरूलाई सम्मानका साथ छिटो उपचार दिलाउन मद्दत गर्नेछ। ‘

स्वास्थ्य मन्त्रालयको पत्राचारपछि देशभरका प्रमुख अस्पतालहरूमा यस्तो व्यवस्था सुरु गरिएको हो । 
 

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ५१ बजे

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई