रक्षात्मक स्थितिमा समीर, भन्छन्– ‘बलिदान’को प्रतिस्पर्धा ‘कांतारा’सँग’ « Khabarhub

रक्षात्मक स्थितिमा समीर, भन्छन्– ‘बलिदान’को प्रतिस्पर्धा ‘कांतारा’सँग’


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘बलिदान’को अकुपेन्सी अपेक्षित नभएपछि नायक समीर भट्ट अहिले विभिन्न युट्युब च्यानललाई अन्तर्वार्ता दिन व्यस्त छन् ।

समीरले अहिले हरेक दिनजसो अन्तर्वार्ता दिइरहेका छन् । फिल्म प्रदर्शनअघि भने उनले मिडियासँग दूरी बनाएका थिए ।

फिल्मको अकुपेन्सी कमजोर भएको कारण उनले ‘बलिदान’माथि आक्रमण भएको दाबी गरेका छन् । कसले र किन आक्रमण गर्‍यो भन्नेबारे उनी बोलेका छैनन् ।

तर, फिल्मले अपेक्षित व्यापार गर्न नसकेको सत्य हो । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार यो फिल्मको लगानी पाँच करोड छ । यस फिल्मको सुरुवाती ८ दिनको ग्रस कलेक्सन चार करोड हाराहारी मात्रै छ ।

समीर आफ्नो फिल्म व्यापारिक रुपमा कमजोर र समीक्षात्मक रुपमा सफल नभएको स्वीकार गर्न चाहिरहेका छैनन् । उनका अभिव्यक्तिहरुले त्यही बुझिन्छ ।

‘बलिदान’लाई अन्य दुई नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’सँगको प्रतिस्पर्धा नै कठिन भइरहेको अवस्था छ । यि तीनै फिल्म घरेलु बक्स अफिसमा कमाल गर्न नसक्ने सूचीमै पर्छन् ।

यही अवस्थामा समीरको अर्को अभिव्यक्ति चर्चामा आएको छ । उनले ‘बलिदान’को प्रतिस्पर्धा अब विदेशी फिल्म अर्थात् ‘कांन्तारा’सँग हुने बताएका छन् ।

१०० करोड भारुमा बनेको दाबी गरिएको ‘कांतारा’ले भारतमा सकारात्मक प्रतिक्रियाका साथ उच्च व्यापार गरिरहेको छ ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मले अहिलेसम्म विश्वभरबाट ४१४ करोड भारु ग्रस कलेक्सन गरेको छ ।

यसरी बक्स अफिसमा बलियो सावित भएको ‘कांतारा’सँग प्रतिस्पर्धा गर्न समीरले ‘कन्फिडेन्ट’ देखाएका हुन् ।

उनले भने, ‘प्रतिस्पर्धा भनेको नै विदेशी फिल्मसँग हो । जनरा पनि मिल्छ । कांन्तार उताको ठूलो बजेटको फिल्म हो । बलिदान नेपालको ठूलो बजेटको फिल्म हो ।’

‘बलिदान’को एक्सन दृश्यले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने ल्याकत राख्ने समीरको बुझाइ छ ।

उनले थपे, ‘हामी पनि एक्सन गर्न सक्छौं है भनेर हामीले देखाएका छौं । दर्शकले पनि त्यही भन्नुभएको छ । कतिले विदेशी फिल्मभन्दा राम्रो छ है भनेर पनि भन्नु भएको छ ।’

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : १० बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति