पाकिस्तानमा हिंसाबाट ९०० भन्दा बढीको मृत्यु « Khabarhub

पाकिस्तानमा हिंसाबाट ९०० भन्दा बढीको मृत्यु


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस)ले जारी गरेको नयाँ प्रतिवेदन अनुसार पाकिस्तानमा पछिल्लो तीन महिनामा आतंकवादी आक्रमण र सैन्य कारबाहीमा तीव्र वृद्धि भएपछि कम्तीमा ९०१ जनाको मृत्यु भएको छ ।

प्रतिवेदनमा भनिएको छ कि जुलाईदेखि सेप्टेम्बरसम्म ३२९ हिंसाका घटनामा ९०१ जनाको मृत्यु र ५९९ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । यो अघिल्लो तीन महिनाको तुलनामा ४६ प्रतिशतभन्दा बढी हो । 

यस वर्ष अहिलेसम्म पाकिस्तानमा दुई हजार ४१४ जनाको मृत्यु भइसकेको छ । यो गत वर्षको सम्पूर्ण वार्षिक मृत्युभन्दा लगभग बराबर छ । सन् २०२५ मा अझै तीन महिना बाँकी रहेका कारण विज्ञहरूले यसलाई एक दशकमा सबैभन्दा घातक वर्षहरूमध्ये एक बन्न सक्ने भविष्यवाणी गरेका छन् ।

प्रतिवेदनले हिंसाको ढाँचामा पनि परिवर्तन देखाएको छ । गत वर्ष अधिकांश मृत्यु आतङ्कवादी आक्रमणका कारण भएका थिए । तर यस वर्ष आधाभन्दा बढी मृत्यु सेना र प्रहरीको कारबाहीबाट भएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको कुल मृत्युमध्ये ५७ प्रतिशत आतंकवादी, २४ प्रतिशत नागरिक र १८ प्रतिशत सुरक्षाकर्मी रहेका छन् ।

खैबर पख्तुनख्वा (केपी) र बलुचिस्तान प्रान्तले देशमा भएको हिंसाको ठूलो हिस्सा भोगेका छन् । केपीमा ६३८ जनाको मृत्यु भएको छ । त्यहाँ २०० भन्दा बढी हिंसाका घटना भएका थिए ।

बलुचिस्तानमा कुल २३० जनाको मृत्यु भएको छ, जसमा अधिकांश पाकिस्तानी सैन्य कारबाहीका कारण भएको हो । सिन्ध प्रान्तमा पनि हिंसामा वृद्धि देखिएको छ । अघिल्लो अवधिमा आठ जनाको मृत्यु भएकोमा यस पटक २१ जनाको मृत्यु भएको छ ।

नागरिक मृत्युको सङ्ख्या बढ्दो छ । गत हप्ता खैबर पख्तुनख्वाको तिराह उपत्यकामा पाकिस्तानी वायुसेनाको आक्रमणमा महिला र बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो । 

पाकिस्तान प्रशासित जम्मू–काश्मीरमा भ्रष्टाचार र खराब जीवन अवस्थाको विरोधमा प्रदर्शन गर्दा कम्तीमा १० प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार सिन्धको शिकारपुर जिल्लामा रेल ट्र्याकमा भएको विस्फोटमा सात जना घाइते भए, जसले जाफर एक्सप्रेसका चार कोच लिकबाट खसाएको छ ।

प्रतिवेदन अनुसार आतंकवादीहरूले सबैभन्दा धेरै मृत्युको सामना गरे पनि अधिकांश आक्रमणमा नागरिकहरू मुख्य लक्ष्य थिए । एक सय २३ आक्रमण सर्वसाधारणलाई, १०६ सुरक्षा फौजलाई र करिब १०० आतङ्कवादीलाई लक्षित गरिएको थियो । सुरक्षाकर्मीमा २०९ र आतङ्कवादीमा ३५ को तुलनामा ३५५ जना सर्वसाधारण घाइते भएका छन् ।

सिआरएसएसको प्रतिवेदनले पाकिस्तानको बिग्रँदै गएको सुरक्षा अवस्थाको गम्भीर चित्रण गरेको छ । यदि हालको प्रवृत्ति यस्तै रह्यो भने सन् २०२५ एक दशकमा पाकिस्तानको सबैभन्दा घातक वर्षहरूमध्ये एक बन्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै