दशैँ भिडन्त : न्यून ग्रस कलेक्सन, तीन फिल्मको व्यापार जोड्दा पनि पुगेन १० करोड « Khabarhub

दशैँ भिडन्त : न्यून ग्रस कलेक्सन, तीन फिल्मको व्यापार जोड्दा पनि पुगेन १० करोड


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशै लक्षित गरी प्रदर्शनमा आएका तीन फिल्महरु ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले न्यून ग्रस कलेक्सन गरेको पाइएको छ ।

चलचित्र विकास बोर्डले बुधबार यी फिल्महरुको सुरुवाती आठ दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको हो । यी तीनै फिल्मको उक्त अवधिको ग्रस कलेक्सन जोड्ने हो भने ९ करोड १० लाख पुग्छ ।

यी मध्ये ‘बलिदान’को ग्रस कलेक्सन सबैभन्दा बढी छ । यो फिल्मले ३ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ । यसको निकट प्रतिद्वन्द्वी ‘हरिबहादुरको जुत्ता’को देखिन्छ । यस फिल्मको ग्रस कलेक्सन भने ३ करोड २१ लाख छ ।

‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’को ग्रस कलेक्सनको अन्तर ५४ लाखको छ ।

फिल्म ‘माइतीघर’ले भने मुस्किलले २ करोड ग्रस कलेक्सन कटाएको छ । यसको ग्रस कलेक्स २ करोड १३ लाख छ ।

बोर्डबाट स्वीकृत भइ वार्षिक अध्यावधिक भएका हलहरुबाट प्राप्त आधिकारिक तथ्यांकका आधारमा यो ग्रस कलेक्सन सार्वजनिक गरिएको बोर्डले बताएको छ ।

अर्थात्, ‘बोर्डले सबै हलको ग्रस कलेक्सन देखाउँदैन’ भन्ने निर्माता र वितरकको दाबीलाई बोर्डले अप्रत्यक्षरुपमा जवाफ दिएको छ ।

यो ग्रस कलेक्सन पठाउने बाहेकका हलले फिल्म प्रदर्शनमा ल्याएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत बोर्डले दिएको छ ।

गत वर्षको तुलनामा यो ग्रस कलेक्सन निकै न्यून हो । यो पटकको दशैँ व्यापार निकै कमजोर रहेको अनुभवी मेकहरुले सार्वजनिक रुपमा बोल्न लागेका छन् ।

समीर भट्ट स्टारर फिल्म ‘बलिदान’को निर्देशक तथा निर्मात सन्तोष सेन हुन् ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को शीर्ष भूमिकामा हरिवंश आचार्य छन् ।

‘माइतीघर’मा नायक धिरज मगर, केदार घिमिरे ‘माग्ने बूढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी शीर्ष भूमिकामा छन् । यसको निर्देशक मिलन तामाङ हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ५७ बजे

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव

बंगलादेशी फिल्म ‘शार्क’को पोस्टरमा यस्तो देखिए प्रमोद अग्रहरी

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार