दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु | Khabarhub Khabarhub

दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको जानकारी दिए ।

उक्त अवधिमा १५३ सवारी दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेर १६६ जना सामान्य घाइते र सात जना गम्भीर घाइते भएको उनले बताए । ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँगको सहकार्यमा चाडबाडलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको थियो ।

उक्त कक्षबाट चाडबाडको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरूको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायत समस्या कम गराउन सहयोग गरिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : २७ बजे

डेङ्गी सङ्क्रमणको जोखिम कम हुँदै

काठमाडाैं – केही दिन अघिको परेको अबिरल वर्षाले डेङ्गी सार्ने

कुवेतविरुद्ध पहिलो ओभरमै सोमपालले लिए विकेट

काठमाडौं – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले कुवेतविरुद्धको खेलमा

महोत्तरीमा बाढीको पानीमा डुबेर बालकको मृत्यु

जलेश्वर – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ६

कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो

कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो