कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक « Khabarhub

कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ४६ बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालसहित ९ राष्ट्रले टी२० विश्वकप एसियाइस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। समुह बीमा समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्।

युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ।

नेपालको प्लेइङ्ग ११ मा
कप्तान रोहित पौडेल, विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ०५ बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया