कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक « Khabarhub

कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ४६ बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालसहित ९ राष्ट्रले टी२० विश्वकप एसियाइस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। समुह बीमा समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्।

युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ।

नेपालको प्लेइङ्ग ११ मा
कप्तान रोहित पौडेल, विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ०५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२