कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप छनोट

कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले । ५६ बलको सामना गरेका कुशलले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै गुलशन झाले विष्फोटक ब्याटिङ गर्दै मात्रै ६ बलमा २० रन बनाए ।

दीपेन्द्र सिंह ऐरिले २० रन बनाउँदा कप्तान रोहित पौडेल १६ रनमा आउट भए । नेपालका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि नवीनराज राजेन्द्रन, अनुदीप चन्दमाराले दुई दुई विकेट लिए ।

नेपालसहित ९ राष्ट्रले टी२० विश्वकप एसियाइस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा सहभागी छन् । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। समुह बीमा समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्।

युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ।

नेपालको प्लेइङ्ग ११ मा
कप्तान रोहित पौडेल, विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : १९ बजे

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका