मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु « Khabarhub

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ

कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ।

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्

उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो।

उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ६ : २३ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग