निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने « Khabarhub

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ । 

भारतको विहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल–भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १ : १६ बजे

समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै : न्यायाधीश सपना मल्ल 

काठमाडौं– प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तार : अब कर्णालीका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत– सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको

गोदावरीबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

ललितपुर– गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमाजुवातास