कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले आलमको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्तिक २३ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कार्तिक २५ गते बस्ने गरि स्थगित गरिएको छ ।

कार्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, कार्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको महामन्त्री गगन कुमार थापाले जानकारी दिए ।
 
कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति  ६३ वर्षीय मोहम्मद अफताव आलमको काठमाडौँको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधन भएको थियो । आलमले वि.सं. २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । 

राजनीतिक जीवनमा उनले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए । 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै