दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ | Khabarhub Khabarhub

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा गैरकानूनी रूपमा लिजमा दिइएको प्रकरणमा पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले चितवनको भरतपुर महानगरपालिका–१५ (साबिक श्रीपुर–२) निवासी कार्कीलाई शुक्रबार पक्राउ गरी ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको बताएका छन् ।

नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा अनियमितता भएको देखिएको सीआईबीले जनाएको छ। सम्झौतामा सूचनामा उल्लेख गरिएको काठमाडौं महानगरपालिका–दरबारमार्गस्थित कित्ता नं। ४६०६ का साथै अनधिकृत रूपमा अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिइएको आरोप लागेको छ।

उक्त लिज सम्झौता २०७४ जेठ १४ गते गरिएको थियो, जसमा तीन वर्षको निर्माण अवधिसहित ३० वर्षका लागि लिज दिइएको बताइएको छ। यसरी संचालक समितिको निर्णय र कानुनी आधारबिना जग्गा लिजमा दिएर नेपाल ट्रस्टमार्फत नेपाल राष्ट्रलाई दीर्घकालीन हानी नोक्सानी पुर्‍याइएको आरोप प्रहरीको छ।

सीआईबीका अनुसार त्यस क्रममा विभिन्न ओहदामा रहेका सरकारी अधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले पनि गैरकानूनी लाभ लिएको देखिएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्यमाथि पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : ३६ बजे

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको