दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ « Khabarhub

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा गैरकानूनी रूपमा लिजमा दिइएको प्रकरणमा पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले चितवनको भरतपुर महानगरपालिका–१५ (साबिक श्रीपुर–२) निवासी कार्कीलाई शुक्रबार पक्राउ गरी ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको बताएका छन् ।

नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा अनियमितता भएको देखिएको सीआईबीले जनाएको छ। सम्झौतामा सूचनामा उल्लेख गरिएको काठमाडौं महानगरपालिका–दरबारमार्गस्थित कित्ता नं। ४६०६ का साथै अनधिकृत रूपमा अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिइएको आरोप लागेको छ।

उक्त लिज सम्झौता २०७४ जेठ १४ गते गरिएको थियो, जसमा तीन वर्षको निर्माण अवधिसहित ३० वर्षका लागि लिज दिइएको बताइएको छ। यसरी संचालक समितिको निर्णय र कानुनी आधारबिना जग्गा लिजमा दिएर नेपाल ट्रस्टमार्फत नेपाल राष्ट्रलाई दीर्घकालीन हानी नोक्सानी पुर्‍याइएको आरोप प्रहरीको छ।

सीआईबीका अनुसार त्यस क्रममा विभिन्न ओहदामा रहेका सरकारी अधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले पनि गैरकानूनी लाभ लिएको देखिएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्यमाथि पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : ३६ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन