प्रत्यक्ष निर्वाचित कार्यकारीले स्थायित्व दिन्छ भन्नु भ्रममात्रै : लीलामणि पौडेल  « Khabarhub

प्रत्यक्ष निर्वाचित कार्यकारीले स्थायित्व दिन्छ भन्नु भ्रममात्रै : लीलामणि पौडेल 


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व-मुख्यसचिव लीलामणि पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशमा स्थायित्व ल्याउँछ भन्ने धारणा भ्रामक भएको बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा बोल्दै चीनका लागि पूर्वराजदूतसमेत रहेका पौडेलले यस्तो प्रणाली हाम्रो जस्तो देशमा उल्टै समस्या ल्याउन सक्ने बताए।

उनले प्रत्यक्ष निर्वाचित गरेर गएको मान्छे सन्की हुँदा दुर्घटना भएका कयौँ उदाहरण रहेका बताएका छन् ।

 ‘सन्की मान्छे सरकारमा पुग्यो भने के हुन्छ ? संसद्मा अर्को दलको बहुमत भयो भने प्रत्यक्ष निर्वाचित कार्यकारीले के गर्ला?, पौडेलले प्रश्न गर्दै भने, ‘त्यस्तो प्रणालीमा पनि ठूलो भ्रष्टाचार हुन्छ, नीति निर्माण तहमा हितको टकराव रहन्छ।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारीलाई निरंकुश हुन नदिने प्रावधान राखे पनि व्यावहारिक समस्याहरू रहने उल्लेख गरे।

उता परराष्ट्र नीतिबारे बोल्दै उनले आधारभूत परिवर्तनको खाँचो रहेको उल्लेख गरे ।

 ‘हाम्रो परराष्ट्र नीतिमा आधारभूत परिवर्तन हुन सकेको छैन। यो देशको सिमाना हाम्रा पूर्वजहरूले बेलायती साम्राज्यसँगको युद्ध जितेर सुरक्षित गरेका हुन्। त्यसैले परराष्ट्र नीतिमा कहीँ चुक्नु हुँदैन,’ उनले भने । 

उनले देशभित्रका जनतालाई सीप र क्षमता विकासमा जोड दिनुपर्ने बताए। जेन–जी आन्दोलनका एजेन्डाहरूलाई दीर्घकालीन रूपमा संस्थागत गर्न अब संरचनागत र नीतिगत स्तरमा आधारभूत परिवर्तन आवश्यक भएको उनको भनाइ थियो।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : ५३ बजे

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री