व्यवसायीलाई गृहमन्त्रीले भने- अहिले मन्त्रीलाई रिझ्याउन आवश्यक छैन  « Khabarhub

व्यवसायीलाई गृहमन्त्रीले भने- अहिले मन्त्रीलाई रिझ्याउन आवश्यक छैन 


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अवस्थामा व्यवसायीले मन्त्रीलाई रिझ्याउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ढुक्कसँग सरकारको कमजोरी औँल्याउन व्यवसायीलाई आग्रह गरेका हुन् । 

‘अहिले मन्त्रीलाई रिझ्याउँनुपर्ने अवस्था छैन्, पहिलेका मन्त्री के ढंगका थिए, अहिलेका के ढंगका छन् काम हेरेर कमजोरी र सुधार औँल्याइदिनुहोला, उनले भने ।

नीजि क्षेत्रको मनोबल उच्च बनाउन सुरक्षाको प्रत्याभूति दिलाउँदै विशेष रणनीति ल्याउने पनि उनले बताए । 

‘आन्दोलनपछिको अवस्था मत्थर बनाउन केही समय लाग्यो, यतिबेला निजी क्षेत्रको संकट समाधानका लागि उजुरी लिन सुरु भइसकेको छ, अर्थतन्त्रको आधारशिला निजी क्षेत्रलाई बलियो बनाउन सरकार लाग्नेछ, जसमा ७ सय १० वटा हातहतियार फिर्ता आएका छन्, १४ हजार ५ सय ४९ जना फरार भएकोमा ९ हजार ५ सय २१ जना कैदीबन्दी पुनः कारागारमा ल्याइएका छन् भने ५ हजार १ सय ५ जना अझै बाहिरनै हुनुहुन्छ । त्यसका लागि हामी विशेष अपरेसन चलाउँछौँ र त्यसमा नागरिकले पनि सघाउनुपर्छ,’ उनले बताए ।

नीजि क्षेत्र तथा व्यवसायीको सुरक्षाका लागि आगामी दिनमा थप योजना बनाएर लाग्ने उनले आश्वासन दिए ।

साथै उनले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : ३० बजे

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि