व्यवसायीलाई गृहमन्त्रीले भने- अहिले मन्त्रीलाई रिझ्याउन आवश्यक छैन  « Khabarhub

व्यवसायीलाई गृहमन्त्रीले भने- अहिले मन्त्रीलाई रिझ्याउन आवश्यक छैन 


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अवस्थामा व्यवसायीले मन्त्रीलाई रिझ्याउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ढुक्कसँग सरकारको कमजोरी औँल्याउन व्यवसायीलाई आग्रह गरेका हुन् । 

‘अहिले मन्त्रीलाई रिझ्याउँनुपर्ने अवस्था छैन्, पहिलेका मन्त्री के ढंगका थिए, अहिलेका के ढंगका छन् काम हेरेर कमजोरी र सुधार औँल्याइदिनुहोला, उनले भने ।

नीजि क्षेत्रको मनोबल उच्च बनाउन सुरक्षाको प्रत्याभूति दिलाउँदै विशेष रणनीति ल्याउने पनि उनले बताए । 

‘आन्दोलनपछिको अवस्था मत्थर बनाउन केही समय लाग्यो, यतिबेला निजी क्षेत्रको संकट समाधानका लागि उजुरी लिन सुरु भइसकेको छ, अर्थतन्त्रको आधारशिला निजी क्षेत्रलाई बलियो बनाउन सरकार लाग्नेछ, जसमा ७ सय १० वटा हातहतियार फिर्ता आएका छन्, १४ हजार ५ सय ४९ जना फरार भएकोमा ९ हजार ५ सय २१ जना कैदीबन्दी पुनः कारागारमा ल्याइएका छन् भने ५ हजार १ सय ५ जना अझै बाहिरनै हुनुहुन्छ । त्यसका लागि हामी विशेष अपरेसन चलाउँछौँ र त्यसमा नागरिकले पनि सघाउनुपर्छ,’ उनले बताए ।

नीजि क्षेत्र तथा व्यवसायीको सुरक्षाका लागि आगामी दिनमा थप योजना बनाएर लाग्ने उनले आश्वासन दिए ।

साथै उनले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : ३० बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने