रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ « Khabarhub

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै उर्जा क्षेत्र प्रभावित हुँदा धेरै क्षेत्रमा बिजुली कटौती गरिएको किएभका अधिकारीहरूले शनिबार बताएका छन् ।  

 पछिल्लो समयमा मस्कोले युक्रेनका ऊर्जा पूर्वाधार लक्षित आक्रमण बढाएकाले मुख्य इन्धन उत्पादन गर्ने प्राकृतिक ग्यास सुविधाहरूलाई क्षति पुर्याएको जनाइएको छ। विशेषज्ञहरूले युक्रेनमा जाडो महिना अघि नै उर्जा जोखिम रहेको बताएका छन् ।

रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गरेको कारण, युक्रेनका धेरै क्षेत्रहरूमा आपतकालीन बिजुली कटौती गरिएको ऊर्जा मन्त्री स्विटलाना ग्रिन्चुकले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । 

उनले ऊर्जा प्रणालीको अवस्था स्थिर भएपछि विद्युत प्रवाह निरन्तर गर्नेसमेत बताएका छन् ।  उत्तरपूर्वी खार्किव र दक्षिणी ओडिसाका अधिकारीहरूले ऊर्जा सुविधाहरूमा ड्रोन आक्रमण गरेको रिपोर्ट गरेसँगै युक्रेनमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो ।

आपतकालीन सेवाका अनुसार पूर्वी सहर डिनिप्रोमा भएको ड्रोन आक्रमणले एउटा भवनमा क्षति पुग्दा एक महिलाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन् ।  राजधानी किभमा नागरिक र सैन्य अधिकारीहरूले मध्य पेचेस्र्की जिल्लाका दुई स्थानमा आक्रमणका कारण आगलागी भएको बताएका छन् ।

शुक्रबारको ड्रोनले आक्रमणले युक्रेनको दक्षिणी ओडिसाको ऊर्जा पूर्वाधारमा पनि प्रहार गरेको गभर्नर ओलेग किपरले टेलिग्राम मार्फत बताएका छन् ।  
किभको स्कूल अफ इकोनोमिक्सले एक प्रतिवेदन मार्फत रूसी आक्रमणले युक्रेनको प्राकृतिक ग्यास उत्पादन आधा बन्द गरेको जनाएको छ ।

शुक्रबार दक्षिणी रूसको भोल्गोग्राड क्षेत्रको ऊर्जा पूर्वाधारमा भएको ड्रोन आक्रमणले त्यस क्षेत्रमा पनि बिजुली कटौती गरेको गभर्नर आन्द्रेई बोचारोभले टेलिग्राम मार्फत जनाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : ४१ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन