जेन-जी आन्दोलनले सुशासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की « Khabarhub

जेन-जी आन्दोलनले सुशासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा सुशासनको लक्ष्मण रेखा कोरेको बताएकी छन् । शुक्रबार उद्योग तथा वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । 

कार्यक्रममा उनले उद्योगीव्यवसायीको समस्या सम्बोधनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताइन् । 

‘यो आन्दोलन आर्थिक, सामाजिक, राजनैतिक सबै क्षेत्रको सुधारका लागि भएको थियो । कानुनको शासन र आम सर्वसाधारण तथा व्यवसायीको सुरक्षाका लागि सरकारले कुनै कमजोरी गर्दैन, आन्दोलनपछि उच्छृङ्खल समुहले इमानदार व्यवसायीलाई प्रताडित बनाए त्यो सरकारलाई स्वीकार्य छैन् । यि चुनौती सामना गर्न सरकारले प्रष्ट योजना बनाएको छ,’ उनले भनिन् । 

राजनैतिक आवरणमा भएका लुट र व्यवसायीमाथि सिर्जना गराइएका गलत भाष्य चिर्न सरकारले प्रयास गर्ने उनले बताइन् । उद्योगीको मनोबल नउठेसम्म देशको अर्थव्यवस्था पनि नउठ्ने हुँदा तत्काल समाधान खोज्ने उनले बताइन् । 

उद्योगी व्यवसायीले कर तिर्ने होइन रोजगारी सिर्जना, सामाजिक सुरक्षा लगायतका राज्यको दायित्व समेत निर्वाह गरिरहेको हुने उनले बताइन् ।

व्यवसायीबिना देश बन्दैन, वित्तीय क्षेत्रको लगानी, व्यवसायी तथा पेशाकर्मीको सुरक्षाको वातावरण निर्माणको जिम्मा भने सरकारको हो, सरकारका सबै निकाय त्यसमा लागेको छ । सुरक्षाको अनुभूति विस्तारै बढाउँदै लगिनेछ,’ उनले बताइन् । 

निर्वाचन सफल र स्वच्छ बनाउन नीजि क्षेत्रको समेत आवश्यकता रहने हुँदा ढुक्कसाथ लाग्न उनले आग्रह गरिन् । साथै उनले व्यवसायीहरूलाई ढुक्क भएर अगाडि बढ्न पनि आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : ०२ बजे

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा