काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा ढंगले कानूनी कारवाही हुने प्रष्ट पारेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनको क्रममा घुसपैठ हुँदा देशमा ठूलो क्षति भएको भन्दै घुसपैठ गर्नेहरूलाई पक्राउ गरि कडा ढंगले कारवाही हुने बताएका हुन् ।
उनले अहिलेसम्म ३८० जनालाई पक्राउ गरिएको र १५० जनामाथि विभिन्न मुद्दाहरू चलेको जानकारी दिए । जेन-जी आन्दोलनपछि ७१० हतियार फिर्ता ल्याइसकेको, १४ हजार ५ सय ४९ कैदी फरार रहेकोमा ९ हजार ५ सय २१ कैदी फिर्ता भइसकेको उनले बताए । गृहमन्त्री अर्यालले हतियार र फरार कैदी फिर्ता ल्याउन विशेष अप्रेसन चलाउने उल्लेख गरे ।
गृहमन्त्री अर्यालले कानुनी राज्यको बहाली भइसकेकाले उद्योगी व्यवसायीहरूको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रुपमा दिने प्रतिवद्धता जनाए । नेतालाई मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै उनले अहिले मुलुकमा फरक ढंगले सुशासन कायम भएको जिकिर गरे ।
उनले मुलुकमा सुशासन नभएकै कारण जेन-जी आन्दोलन भएकाले सुशासन दिन नसके द्वन्द्व दोहोरिन सक्ने अवस्थाप्रति सरकार सजग रहेको बताए ।













प्रतिक्रिया