सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने | Khabarhub Khabarhub

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गरेको सूचनामा भारतको विहार राज्यमा हुने विधान सभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको हो ।

प्रजिअ पोखरेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छ ।

यस अवधिमा भारतको विहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ७ : २५ बजे

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि ठप्प, लाइटिङको समस्या अझै भएन समाधान

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को