लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा « Khabarhub

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ का ३१ वर्षीय सोनामसिंह घिसिङ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँका ३५ वर्षीय सुमन रुपाखेती, रौतहटको बौधिमाई नगरपालिका–२ का २४ वर्षीय बिकि ठाकुर हजाम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ का २४ वर्षीय अनिल मोक्तान र सुनसरीको हरिनगर गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार कुशुहवालाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 

उनले भने,’बढीभन्दा बढी सवारी चालकलाई कारबाही गरेर हामी सक्षम छौँ भन्ने वा अब्बल बन्ने कोसिस गर्दैनौँ । सडक नियमसम्बन्धी सचेतना अभिवृद्धि गरी राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै  सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्ने वातावरणको सृजना गर्नु, सडकमा हुने दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक बनाउनु हाम्रो लक्ष्य हो ।’

आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल कक्षको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रवक्ता सुवेदीले आग्रह गरे ।
 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै