त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट « Khabarhub

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण उडानहरु प्रभावित भएका छन्। आज साँझदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को धावनमार्गलाई ‘नोटाम’ जारी गरेर बन्द गरिएको छ। जसका कारण अन्तराष्ट्रिय तथा आन्तरिक दुवै उडानहरु अवरुद्ध भएका छन्।

प्रवक्ता अनुसार, आज साँझदेखि रनवेका ‘एयर फील्ड लाइटिङ’ प्रणालीमा समस्या देखिएकोले जहाजहरुको अवतरण तथा उडान प्रक्रिया रोकिन पुगेको हो।

यसै क्रममा दोहाबाट आएकाे कतार एयरवेजको विमानसमेत आकाशमै ‘होल्ड’ अवस्थामा राखिएको छ भने दिल्ली हुँदै आएका अन्य विमानलाई पनि होल्ड गरिएको छ ।

यस्तै फ्लाई दुबईको एक जहाज भारतको लखनउ तर्फ डाइभर्ट गरिएको छ। उडान प्रभावित बनाउँदै गर्दा दर्जनभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तत्काल रद्द वा अन्यत्र डाइभर्ट भएका छन्।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ५१ बजे

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।