त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट « Khabarhub

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण उडानहरु प्रभावित भएका छन्। आज साँझदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को धावनमार्गलाई ‘नोटाम’ जारी गरेर बन्द गरिएको छ। जसका कारण अन्तराष्ट्रिय तथा आन्तरिक दुवै उडानहरु अवरुद्ध भएका छन्।

प्रवक्ता अनुसार, आज साँझदेखि रनवेका ‘एयर फील्ड लाइटिङ’ प्रणालीमा समस्या देखिएकोले जहाजहरुको अवतरण तथा उडान प्रक्रिया रोकिन पुगेको हो।

यसै क्रममा दोहाबाट आएकाे कतार एयरवेजको विमानसमेत आकाशमै ‘होल्ड’ अवस्थामा राखिएको छ भने दिल्ली हुँदै आएका अन्य विमानलाई पनि होल्ड गरिएको छ ।

यस्तै फ्लाई दुबईको एक जहाज भारतको लखनउ तर्फ डाइभर्ट गरिएको छ। उडान प्रभावित बनाउँदै गर्दा दर्जनभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तत्काल रद्द वा अन्यत्र डाइभर्ट भएका छन्।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ५१ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको