आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती « Khabarhub

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा अवैध लागूऔषध कारोबार रोक्न लामो दूरीको गस्ती सञ्चालन गरेको छ । प्रहरीले दुर्गम तथा ग्रामीण भेगका नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीको गस्ती सञ्चालन गरेको हो ।

सदरमुकाम खाँदबारीबाट उत्तरी क्षेत्रको किमाथाङ्का नाकासम्मका दुर्गम गाउँबस्तीमा लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्गम तथा ग्रामीण बस्तीमा शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । उनका अनुसार यही कात्तिक १८ गतेदेखि छ दिनसम्मका गस्ती सुरु गरिएको हो ।

प्रहरी नायब उपरीक्षक मैनालीसहितको टोलीले सदरमुकाम हुँदै भोटखोला गाउँपालिकाको स्याक्सिलागोला, चेपुवा, किमाथाङ्का, हटियागोला, मकालु गाउँपालिकाको हेदाङना, नुमलगायत बस्तीमा गस्ती गर्ने जनाइएको छ ।

स्थानीय क्षेत्रमा शान्तिसुरक्षाको अवस्था सुदृढ गर्नाका साथै आपराधिक गतिविधि, अवैध कारोबार नियन्त्रण तथा नागरिकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले गस्ती सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।

विकट भौगोलिक अवस्था र दुर्गम क्षेत्रमा नियमित गस्ती, समुदायसँग भेटघाट र सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन यो गस्ती उपलब्धिमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । भोटखोला उत्तरी क्षेत्र चीनसँग जोडिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ९ : २९ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका