काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु « Khabarhub

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ को आयोजना गरेको प्रतियोगिता, लैनचौर फुटसल मैदानमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई बल दिएर खेल उद्घाटन गरिन्।

त्यस अवसरमा उनले, खेलमा जस्तै स्वच्छ प्रतिस्पर्धाबाट सन्तुलित र सद्भावयुक्त समाज निर्माण हुने भएकोले खेलको अनुशासन अन्यत्र पनि सिकाइ रहेको उल्लेख गरिन् । प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन आयोजक टीम र वडा नं २४ ले जित हासिल गरे ।

आजको खेलमा वडा २३ ले महानगरपालिकाको केन्द्रलाई ६–२ ले पराजित ग¥यो । सो खेलमा विजयी टिमका लागि विशाल श्रेष्ठले ह्याट्रिकसहित चार गोल गरे । वडा २३ का तर्फबाट भएका अन्य दुई गोल राजीव चित्रकार र एलेक्स श्रेष्ठको नाममा रह्यो । काठमाडौँ महानगरपालिकाका नवीन भण्डारी र अनुप मगरले गरेको गोल सान्त्वना मात्र बने । सो खेलमा चार गोल गर्ने विशाल म्यान अफ दि म्याच घोषित भए ।

दोस्रो खेलमा वडा नं २४ ले वडा नं ७ लाई ३–१ ले हरायो । वडा २४ का लागि समन श्रेष्ठ, सुभम तुलाधर र सन्देश महर्जनले गोल गर्नुभएको थियो । सन्देश म्यान अफ दि म्याच चुनिए । वडा १७ का सुगम महर्जनले एक गोल फर्काएका थिए ।

नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित २ लाख रुपियाँ प्रदान गरिने वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिए ।

उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दश हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए । भोलि ४ खेल हुनेछन् । पहिलो खेलमा वडा १४ ले वडा २२ सँग, दोस्रो खेलमा वडा १२ ले वडा २० सँग, तेस्रो खेलमा वडा ६ ले वडा ९ सँग र अन्तिम खेलमा वडा ४ ले वडा १८ सँग प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेल बिहान ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : १८ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३