काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु « Khabarhub

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ को आयोजना गरेको प्रतियोगिता, लैनचौर फुटसल मैदानमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई बल दिएर खेल उद्घाटन गरिन्।

त्यस अवसरमा उनले, खेलमा जस्तै स्वच्छ प्रतिस्पर्धाबाट सन्तुलित र सद्भावयुक्त समाज निर्माण हुने भएकोले खेलको अनुशासन अन्यत्र पनि सिकाइ रहेको उल्लेख गरिन् । प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन आयोजक टीम र वडा नं २४ ले जित हासिल गरे ।

आजको खेलमा वडा २३ ले महानगरपालिकाको केन्द्रलाई ६–२ ले पराजित ग¥यो । सो खेलमा विजयी टिमका लागि विशाल श्रेष्ठले ह्याट्रिकसहित चार गोल गरे । वडा २३ का तर्फबाट भएका अन्य दुई गोल राजीव चित्रकार र एलेक्स श्रेष्ठको नाममा रह्यो । काठमाडौँ महानगरपालिकाका नवीन भण्डारी र अनुप मगरले गरेको गोल सान्त्वना मात्र बने । सो खेलमा चार गोल गर्ने विशाल म्यान अफ दि म्याच घोषित भए ।

दोस्रो खेलमा वडा नं २४ ले वडा नं ७ लाई ३–१ ले हरायो । वडा २४ का लागि समन श्रेष्ठ, सुभम तुलाधर र सन्देश महर्जनले गोल गर्नुभएको थियो । सन्देश म्यान अफ दि म्याच चुनिए । वडा १७ का सुगम महर्जनले एक गोल फर्काएका थिए ।

नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित २ लाख रुपियाँ प्रदान गरिने वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिए ।

उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दश हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए । भोलि ४ खेल हुनेछन् । पहिलो खेलमा वडा १४ ले वडा २२ सँग, दोस्रो खेलमा वडा १२ ले वडा २० सँग, तेस्रो खेलमा वडा ६ ले वडा ९ सँग र अन्तिम खेलमा वडा ४ ले वडा १८ सँग प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेल बिहान ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : १८ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र