स्मृति मन्धाना–पलाश मुछालको विवाह रद्द, निजी जीवनको सम्मान गर्न आग्रह « Khabarhub

स्मृति मन्धाना–पलाश मुछालको विवाह रद्द, निजी जीवनको सम्मान गर्न आग्रह


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय महिला क्रिकेटर स्मृति मन्धाना र गायक पलाश मुछालको विवाह रद्द भएको छ। दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन्।

भारतीय मिडिया टाइम्स अफ इंडियाका अनुसार, नोभेम्बर २३ मा तय भएको विवाहका लागि संगीत, हल्दीजस्ता कार्यक्रमहरू सम्पन्न भइसकेका थिए। 

तर, विवाहकै दिन बिहान स्मृति मन्धानाका बुबालाई हृदयाघात भएपछि विवाह स्थगित गरिएको थियो। विवाह स्थगित भएपछि विभिन्न अफवाहहरू फैलिन थाले। केहीले पलाशले स्मृतिलाई धोका दिएको वा उनको नाम वेडिङ कोरियोग्राफरसँग जोडिएको दाबी गरेका थिए।

पछिल्लो समय केही हप्तादेखि उनका निजी जीवनलाई लिएर धेरै अड्कलबाजी भइरहेको छ। 

 यस विषयमा स्मृतिले आफ्नै सामाजिक सञ्जालमार्फत स्पष्ट गर्दै लेखेकी छिन्,  ‘विवाह अब रद्द भएको छ। यो विषय यहीं अन्त्य गरिदिन र दुवै परिवारको निजी जीवनको सम्मान गर्न अनुरोध गर्दछु।’ 

पलाश मुछालले पनि इन्स्टा स्टोरीमार्फत आफू निजी सम्बन्धबाट अलग भएर जीवन अगाडि बढाउने निर्णय गरेको बताएका छन्। उनले आफूविरुद्ध फैलाइएका झूटो आरोप र बदनाम गर्ने प्रयासविरुद्ध कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

स्मृति र पलाश सन् २०१९ मा मुम्बईमा एक साथीमार्फत भेटिएका थिए। करिब पाँच वर्षको प्रेम सम्बन्धपछि उनीहरूले सन् २०२४ मा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए।

यो घटनाले सार्वजनिक व्यक्तिको निजी जीवन र अफवाह फैलिन सक्ने सामाजिक दबाबबारे बहसलाई फेरि सक्रिय बनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : १२ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति