एक खेल, दुई टोली र उपाधिको सपना : क्वालिफायरमा सुदूरपश्चिम र विराटनगरका कुन खेलाडी कस्ता ? « Khabarhub

एक खेल, दुई टोली र उपाधिको सपना : क्वालिफायरमा सुदूरपश्चिम र विराटनगरका कुन खेलाडी कस्ता ?



काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् । अब मङ्गलबारदेखि प्लेअफ र क्वालिफायर राउण्डका खेलहरु शुरु हुँदैछन् । मङ्गलबार क्वालिफायर राउण्डको पहिलो खेलमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीहरु क्रमशः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्गलबार दिउँसो चार बजेदेखि शुरु हुनेछ । मङ्गलबारको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ । त्यस्तै, क्वालिफायरमा पराजित हुने टोलीले भने अङ्क तालिकामा तेस्रो र चौथो टिम क्रमशः काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच हुने इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशको दोस्रो मौकाका लागि प्रतिस्पर्धा गर्नेछ ।

क्वालिफायर खेलमा दुवै टोलीका प्रमुख खेलाडीहरूको व्यक्तिगत प्रदर्शन सबैभन्दा महत्वपूर्ण बन्ने देखिएको छ । लिग चरणभर उत्कृष्ट लय देखाएका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सका स्टार खेलाडीहरूले क्वालिफायर जस्तो दबाबयुक्त खेलमा टोलीलाई जिततर्फ डोर्‍याउने मुख्य जिम्मेवारी बोकेका छन् । ब्याट र बल दुवै विभागमा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीहरूको फर्मले नै खेलको नतिजा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम रोयल्सका लागि यो सिजन सिनियर खेलाडी विनोद भण्डारी फेरि एकपटक भरोसायोग्य र सुसङ्गत ब्याट्सम्यानका रूपमा प्रस्तुत भएका छन् । प्रतियोगिताका सर्वाधिक रन बनाउने ब्याटरहरूको सूचीमा शीर्ष पाँचभित्र रहेका उनले ७ खेलबाट ३३.५० को औसतमा २०१ रन जोडिसकेका छन् । यस अवधिमा उनले १ अर्धशतक प्रहार गरेका छन् भने अविजित ६९ रन उनको उच्च स्कोर हो । आक्रामक र संयमित दुवै शैली देखाएका भण्डारीले २० चौका र ६ छक्का प्रहार गर्दै १०८.६४ को स्ट्राइक रेट कायम राखेका छन् ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ७ खेलबाट १६० रन जोड्दै दोस्रो सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १४६ रन योगदान दिएका छन् भने आक्रामक ब्याटर क्रिस लिनले १४३ रन प्रहार गर्दै शीर्ष क्रमलाई मजबुत बनाएका छन् ।

बलिङतर्फ सुदूरपश्चिमको आक्रमणको नेतृत्व अविनाश बोहराले गरिरहेका छन् । उनले ७ खेलमा १२.२८ को औसतमा १४ विकेट लिँदै टोलीका प्रमुख विकेट टेकर बनेका छन् । ७.८१ को इकोनोमीसहित ३० रन खर्चेर ४ विकेट लिएको उनको प्रदर्शन यस सिजनको उत्कृष्ट बलिङ प्रदर्शनमध्ये एक मानिन्छ । उनलाई हर्मित सिंहले १० विकेट र स्कट कुगेलाइनले ८ विकेटसहित राम्रो साथ दिएका छन् ।

विराटनगर किङ्ग्सतर्फ कप्तान सन्दीप लामिछानेले ७ खेलबाट सर्वाधिक १५ विकेट लिँदै टोलीको बलिङ आक्रमणलाई अगाडि बढाएका छन् । मात्र ९.५३ को औसत र ५.१० को उत्कृष्ट इकोनोमीसहित उनले विपक्षी ब्याट्सम्यानलाई निरन्तर दबाबमा राख्दै आएका छन् । ११ रन खर्चेर ४ विकेट लिएको प्रदर्शन सन्दीपको सिजनकै उत्कृष्ट हो ।

सन्दीपलाई बलिङमा मर्चेन्ट डी लाङ ले ८ विकेटसहित राम्रो साथ दिएका छन् भने शुभम् सुवास रन्जानेले ५ विकेट लिँदै आक्रमणलाई सन्तुलित बनाएका छन् ।

ब्याटिङतर्फ विराटनगरका लागि बसिर अहमदले अग्रपङ्तिको जिम्मेवारी सम्हाल्दै ७ खेलबाट १७६ रन जोडेर टोलीका सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । २९.३३ को औसत र १२७.५३ को स्ट्राइक रेटसहित उनको अविजित ६२ रन उच्च स्कोर हो । त्यस्तै, लोकेश बमले समान ७ खेलबाट १६५ रन प्रहार गरेका छन्, जसमा ७२ रन उनको उच्च स्कोर हो ।

अनुभवी अन्तर्राष्ट्रिय स्टार मार्टिन गप्टिलले ४ खेलबाट १२१ रन जोड्दै अनुभवको छाप छाडेका छन् भने पछिल्लो खेलमा फाफ डुप्लेसिसले अर्धशतक प्रहार गर्दै महत्वपूर्ण समयमा फर्ममा फर्किएको स्पष्ट संकेत दिएका छन् ।

क्वालिफायर जस्तो उच्च दबाबको खेलमा यी प्रमुख खेलाडीहरूको निरन्तरता, संयमता र निर्णायक क्षणमा देखिने प्रदर्शनले नै दुवै टोलीको फाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  २ : २३ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा