टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी « Khabarhub

टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भोजपुर– टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ । 

स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । 

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य रहेको छ ।

प्रर्दशनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कादोको पीठो, मकैको चामल, सुन्तला, किवी, एभोकाडो, स्थानीय चिया, अकबरे खुर्सानी, सिस्नोको फूललगायत गाउँपालिकाका पहिचानयुक्त उत्पादन प्रदर्शित गरिएको अध्यक्ष बस्नेतले बताए।

स्थानीय कृषकलाई बजारमा प्रत्यक्ष पहुँच दिने र टिकाउ उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रदर्शनीले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यस्ता उत्पादनको माग बढ्दै गएकाले गुणस्तरीय उत्पादनमार्फत गाउँपालिकालाई कृषिमा आधारित समृद्धितर्फ अघि बढाउन सम्भावना देखिएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : २७ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका