सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत « Khabarhub

सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । 

सरकारले राजनीतिक दलका नेताहरूलाई अनावश्यक धरपकडको योजना बनाएको बताउँदै बस्नेतले यसले देशलाई थप मुठभेटको अवस्थामा लैजाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला गतिविधि त्यसतर्फ उन्मुख भएको उनको धारणा छ । 

‘सरकारले अनाहकमा दल र नेताहरूमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको सङ्केत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको छ’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । 

सरकारकै निर्देशनमा सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृह मन्त्री रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिइरहेका उनको भनाइ छ । 

‘सुदन गुरुङले केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिएछन् भन्ने पनि सुनियो, यदि यस्तो अस्थिर चरणतिर देश धकेलियो भने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन’, उनले प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । 

उनले अहिले देश विदेशीको इसारामा चलेको बताउँदै देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले नचल्ने स्पष्ट पारे । 

‘हामी मरे त देशको झण्डा ओढेर मर्नेछौँ, तिमीहरू मरेऊ भने विदेशीको झण्डा ओढाउन पक्कै मिल्दैन, देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले होइन, जनताका भावनाले चल्छ, यो कुरा सत्ता धान्न बस्नेहरूले नबिर्सँदा राम्रो’, बस्नेतको चेतावनी छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको