एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड « Khabarhub

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा सो पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत नेताहरूले जोड दिएका छन् ।

महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए। 

अर्का उपाध्यक्ष पाण्डेले आफूहरूका तर्फबाट महाधिवेशनमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा उम्मेदवार बन्ने र अन्य पदाधिकारीको उम्मेदवारीबारे सरसल्लाह भइरहेको जानकारी दिए। 

पार्टीका स्थायी कमिटीका सदस्य कर्ण थापाले पार्टीलाई व्यक्तिवादी र एकाधिकारवादी सोचबाट अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक भएको तथा विधानबाट दुईवर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउन नहुने राखे।

नेताहरू परशुराम मेघी गुरुङ र विनोद ढकालले पनि पार्टीभित्र जनताको बहुदलीय जनवादको मान्यताबमोजिम अन्तरपार्टी लोकतन्त्रलाई स्थापित गर्न माग गरे। एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँ उपत्यकामा हुँदैछ ।
 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ३३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग