चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित  « Khabarhub

चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित 


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगुको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडी ले सार्वजिननिक गरेको तथ्यांक अनुसार अघिल्लो साताभन्दा यस साता संक्रमितको संख्या झण्डै दोब्बर अंकले बढेको छ । योसंगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ६२ पुगेको छ । 

सबैभन्दा धेरै संक्रमित रहेको गण्डकी प्रदेशमा एकै सातामा ७२ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ४५ पुगेको छ भने बागमतीमा २ हजार १ सय ३२, लुम्बिनीमा १ हजार ३ सय ४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिममा ८ सय ६२, कर्णालीमा ५ सय ३० र मधेश प्रदेशमा जम्मा २ सय ११ जनामा डेंगुको सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । 

जलवायु परिवर्तनका कारण पहाडी र हिमाली क्षेत्र पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएपछि पछिल्ला वर्षहरूमा लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गरिरहेकाले डेंगुको सङ्क्रमण नघटेको चिकित्सकहरू बताउँछन् । 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ५९ बजे

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा