चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित  « Khabarhub

चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित 


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगुको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडी ले सार्वजिननिक गरेको तथ्यांक अनुसार अघिल्लो साताभन्दा यस साता संक्रमितको संख्या झण्डै दोब्बर अंकले बढेको छ । योसंगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ६२ पुगेको छ । 

सबैभन्दा धेरै संक्रमित रहेको गण्डकी प्रदेशमा एकै सातामा ७२ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ४५ पुगेको छ भने बागमतीमा २ हजार १ सय ३२, लुम्बिनीमा १ हजार ३ सय ४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिममा ८ सय ६२, कर्णालीमा ५ सय ३० र मधेश प्रदेशमा जम्मा २ सय ११ जनामा डेंगुको सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । 

जलवायु परिवर्तनका कारण पहाडी र हिमाली क्षेत्र पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएपछि पछिल्ला वर्षहरूमा लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गरिरहेकाले डेंगुको सङ्क्रमण नघटेको चिकित्सकहरू बताउँछन् । 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ५९ बजे

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा