एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए « Khabarhub

एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरण आइतबार समाप्त भएसँगै मंगलबारदेखि प्लेअफका खेल सुरु हुँदैछन् ।

पहिलो क्वालिफायरमा तालिकाको पहिलो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रोमा रहेको विराटनगर किङ्स भिड्दैछन् । यो खेलको विजेताले फाइनलमा स्थानमा बनाउनेछ ।

तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र चौथोमा रहेको लुम्बिनी लायन्सले पनि प्लेअफमा स्थान बनाएका छन् । काठमाडौं र लुम्बिनीले इलिमेनटरमा प्रतिस्पर्धा गर्नेछन् । यसको विजेता र पहिलो क्वालिफायरमा पराजित भएको टोलीबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो र दोस्रो क्वालिफायरका विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सोही कारण फाइनलसहित अबका चार खेल दर्शकको चासोमा स्वभाविक परेका छन् ।

लिग चरणका २८ खेलमा कुल २ शतक र ३५ अर्धशतक प्रहार भएको छ । शतक प्रहार गर्ने दुवै खेलाडी विदेशी हुन् ।

पोखरा एभेन्जर्सबाट खेल्ने इङ्ल्यान्डका एडम रोसिङ्टन र कर्णाली याक्सबाट खेल्ने स्कटल्यान्डका मार्क वाटले जारी सिजनमा शतक प्रहार गरेका हुन् । रोसिङ्टनको नाममा दुई अर्धशतक पनि दर्ज छ ।

एनपीएलमा मार्कले उत्कृष्ट ब्याटिङ गरे । उनले एक अर्धशतक पनि प्रहार गरे । जारी सिजनमा तीन अर्धशतक प्रहार गर्ने एक्लो खेलाडी भने चितवनका इङ्ग्लिस खेलाडी रवि बोपारा हुन् ।

दोहोरो अर्धशतक प्रहार गर्ने खेलाडीमा एडमबाहेक, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल, जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्ति र पोखराका कप्तान कुशल भुर्तेल हुन् । दोहारो अर्धशतक प्रहार गर्ने कुशल एक मात्र घरेलु खेलाडी हुन् ।

बलिङतर्फ जारी सिजनमा एकमात्रै ह्याट्रिक पूरा गर्ने खेलाडी काठमाडौं गोर्खाजका शहाब आलम हुन् । शहाब जारी सिजनमा एकै खेलमा सबैभन्दा बढी विकेट लिने बलर पनि हुन् । उनले पोखराविरुद्धको खेलमा ६ विकेट लिँदै ह्याट्रिक पनि पूरा गरे ।

एकै खेलमा सर्वाधिक दोस्रो विकेट लिने भने चितवनका घरेलु खेलाडी १९ वर्षीय रञ्जित कुमार हुन् । उनले विराटनगरविरुद्धको खेलमा ५ पाँच विकेट लिएका थिए ।

सिजनका २८ खेलमा ६ ओभर मेडन बलिङ भएको छ । सर्वाधिक विकेट लिने पाँचौ खेलाडी धनञ्जय लक्ष्मणले एक ओभर मेडन पनि फ्याँकेका छन् ।

ब्याटिङमा विदेशी खेलाडी चम्किए

यस सिजनमा सबैभन्दा बढी रन बनाउने पाँच खेलाडीमा तीन विदेशी र दुई घरेलु खेलाडी छन् । तीमध्ये पनि शीर्ष तीन स्थानमा विदेशी नै छन् ।

पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले ७ इनिङमा ३२३ रन जोडेका छन् । उनले ३१ चौका र १९ छक्का प्रहार गरे ।

कर्णाली याक्सका मार्क वाट सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले ७ खेलमा २४६ रन जोडे । त्यसक्रममा उनले १३ चौका र २१ छक्का प्रहार गरे ।

चितवनबाट खेलेका इङ्ल्यान्डका रवि बोपारा तेस्रो स्थानमा छन् । उनले २३७ रन जोडेका छन् । यस सिजनमा तीन अर्धशतक प्रहार गर्ने एक खेलाडीसमेत रहेका उनले १२ चौका र १३ छक्का प्रहार गरेका छन् ।

नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल चौथो स्थानमा छन् । ७ इनिङमा उनले २०८ रन बनाएका छन् । यसक्रममा उनले १३ चौका र ५ छक्का प्रहार गरे । शीर्ष स्थानमा रहेका मध्ये कम बाउन्ड्री हान्ने रोहित नै हुन् । उनले २१० बलमा उक्त रन जोडेका हुन् ।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौ स्थानमा छन् । उनले २०१ रन बनाउने क्रममा २० चौका र ६ छक्का प्रहार गरे ।

बलिङमा घरेलु खेलाडी चम्किए

सर्वाधिक विकेट लिने सूचीको शीर्ष पाँच स्थानमा घरेलु खेलाडीको वर्चश्व छ । यस सिजनको लिग चरणमा सबैभन्दा धेरै विकेट लिने नेपाली राष्ट्रिय टिमका स्पिनर एवं विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने हुन् । उनले ७ इनिङमा १६८ बल फ्याँक्दा गर्दा १४३ रन मात्रै दिएका छन् । उनले सबैभन्दा धेरै १५ विकेट लिएका छन् ।

दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका अभिनास बोहरा छन् । ७ इनिङमा उनले १३२ बल फ्याँक्दा १७२ रन खर्चिएका छन् । यस क्रममा उनले १४ विकट लिएका छन् ।

काठमाडौं गोर्खाजका घरेलु खेलाडी शाहाब आलमले २४ ओभर बलिङ गर्दा १५२ रन दिएका छन् । उनले १२ विकेट लिएका छन् ।

१२ विकेट नै लिएका काठमाडौं गोर्खाजका कप्तान करण केसी चौथो स्थानमा छन् । उनले १६३ बलमा १९८ रन खर्चिएका छन् ।

काठमाडौंका श्रीलंकाली खेलाडी धनञ्जय लक्षण ३ इनिङमा १० विकेट लिँदै पाँचौ स्थानमा छन् । ७० बल फालेका उनले प्रतियोगितामा ६७ रन मात्रै दिएका छन् ।

धेरै विकेट लिनेको पाँच खेलाडीको सूचीमा समावेश एक मात्रै विदेशी उनै लक्षण हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ७ : ५४ बजे

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको