एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो « Khabarhub

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ ।

ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन् ।

प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुङ्गेलले प्रतिनिधि विवाद टुङ्गिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु गरिएको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिलाई केही दिनभित्र नै कार्ड वितरण गर्ने बताए ।

समिति सचिव ढुङ्गेलले महाधिवेशनमा दुई हजार २६० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताए । महाधिवेशनका आयोजक प्रतिनिधिलाई रु तीन हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकेको छ ।

एमालेको यही मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन काठमाडौँ हुँदैछ । महाधिवेशनले २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १० : ४७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको