उच्च अदालत पाटनले प्रमाण गायब बनाएको भन्दै रावल अनसनमा  | Khabarhub Khabarhub

उच्च अदालत पाटनले प्रमाण गायब बनाएको भन्दै रावल अनसनमा 


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनले प्रमाण गायब बनाएको भन्दै आरती रावल माइतीघरमा अनसन बसेकी छन् । पुष १४ गतेदेखि उनी माइतीघर मण्डलामा आमरण अनसनमा छिन् ।

पूर्व न्यायाधीश भुवन गिरीविरुद्ध जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सात वर्ष कैद सजाय तोकेको थियो ।
 
गिरी उच्च अदालत पाटनमा सफाइ पाउ भनेर गएका छन् । गत मंसिर २८ गते पेशीमा जाँदा रावलले मिसिल भित्र आफ्ना प्रमाण गायब भएको पाएपछि गिरीलाई उन्मुक्ति दिने खेल भइरहेको भन्दै अनसनमा छिन् । 

उनले भनिन्, ‘पुनरावेदन जान पाउने अधिकार गिरीको छ । तर काठमाडौं जिल्ला अदालतका प्रमाण उच्चले गायब बनाएको छ । प्रमाण गायब बनाएर गिरीलाई उन्मुक्ति दिने तयारी भित्रभित्रै भइरहेको छ । यस्तो नहोस् भनेर अनसनमा छु ।’ 

उनी १२ दिनदेखि माइतीघर मण्डलामा आमरण अनसनमा छिन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १२ : ५८ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार