उच्च अदालत पाटनले प्रमाण गायब बनाएको भन्दै रावल अनसनमा  « Khabarhub

उच्च अदालत पाटनले प्रमाण गायब बनाएको भन्दै रावल अनसनमा 


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनले प्रमाण गायब बनाएको भन्दै आरती रावल माइतीघरमा अनसन बसेकी छन् । पुष १४ गतेदेखि उनी माइतीघर मण्डलामा आमरण अनसनमा छिन् ।

पूर्व न्यायाधीश भुवन गिरीविरुद्ध जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सात वर्ष कैद सजाय तोकेको थियो ।
 
गिरी उच्च अदालत पाटनमा सफाइ पाउ भनेर गएका छन् । गत मंसिर २८ गते पेशीमा जाँदा रावलले मिसिल भित्र आफ्ना प्रमाण गायब भएको पाएपछि गिरीलाई उन्मुक्ति दिने खेल भइरहेको भन्दै अनसनमा छिन् । 

उनले भनिन्, ‘पुनरावेदन जान पाउने अधिकार गिरीको छ । तर काठमाडौं जिल्ला अदालतका प्रमाण उच्चले गायब बनाएको छ । प्रमाण गायब बनाएर गिरीलाई उन्मुक्ति दिने तयारी भित्रभित्रै भइरहेको छ । यस्तो नहोस् भनेर अनसनमा छु ।’ 

उनी १२ दिनदेखि माइतीघर मण्डलामा आमरण अनसनमा छिन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १२ : ५८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल