मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने « Khabarhub

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

चितवन– मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गत हप्ता दिउँसोमा सवारी साधन रोकेर  स्तारोन्नतीका काम गरिएका थियो । 

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो ।  

सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको बिशालटार, खटौटी लगायतका  क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो । उनले भने ‘अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौँ ।’

निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म २० प्रतिशत मात्र काम भएको जनाइएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ ।  कुरीनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सववेसको काम भइरहेको छ ।

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो ।  निकै साँघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात् नौ मिटर फराकिलो सडक बनाइँदै छ । उकालो ठाउँहरूमा तीन लेन अर्थात् १२ मिटरको हुने छ । झन्डै एक दशमलव ५ किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ । 

बजार क्षेत्र कुरिनटार, चरौदी, बिशालटार, चुम्लिङ्टार, मझिमटारलगायतका करिब छ किलोमिटर क्षेत्रमा चार लेन अर्थात् १८ मिटर फराकीलो सडक बनाइँदै छ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात् २६ मिटर फराकिलो सडक बनाइँदै छ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतिको काम गरिएको हो ।

बिश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो । निर्माण कम्पनीले चार अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । संघीय राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चाप रहेको छ । समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुले कठिनाइ भोग्नु परेको छ । 

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १ : ०५ बजे

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु